कमला नदीको बाढीले सबैलामा तटबन्ध भत्कायो

कमला नदीको बाढीले धनुषाको सबैलास्थित तटबन्ध (बाँध) भत्काएको छ । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु गरेको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो ।

बाँध जोगाउन स्थानीय र सुरक्षाकर्मीले हिजैदेखि प्रयास गरेपनि बिहान बाढीले पुर्णरुपमा कटान गरेको हो । बाँध भत्किए पनि हाल बहाब घटेका कारण पानी गाउँतिर नपसेको स्थानीयले बताएका छन् ।

अब वर्षा भए सिधै गाउँतिर पानी छिर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । प्रजिअ बास्तोलाले बुधबारदेखि नै नदी नियन्त्रणको काम पूर्ण रुपमा हुन लागेको जानकारी दिएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार