प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

जसपाले उठाउँदै आएका माग सम्बोधन गर्न आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुवै जनाबीच कुराकानी भएको हो ।

भेटमा जसपाले उठाउँदै आएका माग र सरकारमा सहभागीताका विषयमा छलफल भएको स्रोतले बतायो । जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ ।

देउवालाई संसदमा ठाकुर पक्षलाई विश्वासको मत दिएको थियो । त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार