कोरोना अपडेट : थप ८९ जनामा संक्रमण पुष्टि, ९५ जना निको

नेपालमा आइतबार थप ८९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म तीन हजार २७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

त्यस्तै थप ९५ जना कोरोना संक्रमणबाट निको हुँदा हालसम्म २ लाख ७२ हजार ५३० जना निको भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १२ सय ८२ जना आइशोलेशनमा र ५७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ६१ हजार १४६ वटा नमुनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार