नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको छ ।
स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलका अनुसार आज बस्नै बैठकमा सरकारमा जाने मन्त्रीहरुबारे निर्णय हुनेछ । यद्यपी माओवादी केन्द्रबाट सरकारमा कति जना जाने भन्ने टुंगो भने लागि सकेको छैन ।
बैठकमा पछिल्लो समसामयिक राजनितिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा पनि छलफल हुने उनले बताए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सन्चालनका लागि साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री देउवासँग भएको छलफल र छलफलका क्रममा भएका प्रगतिका विषयमा पनि बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराउनेछन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् ।