खेतमा काम गरिरहेको बेला चट्याङ लागेर ४६ वर्षीय खड्काको मृत्यु

झापामा खेतमा काम गरिरहेको बेला परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका २ समइगढमा आज बिहान खेतमा गएको बेला चट्याङले लाग्दा स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान ७ बजे चट्याङले लागेर गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार