ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला २ हजार ७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु १ लाख ४४ हजार ७ सयमा कारोबार भएको थियो ।

आजका लागि रु १ लाख ४२ हजार निर्धारण भएको छ । यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु १ लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु १ लाख ४१ हजार ३ सय निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला ५० रुपैँयाले घटेको छ ।

शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार