टिपरको ठक्करबाट ४९ बर्षीय श्रेष्ठको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-८ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरर्गत चैनपुर–सभाखोला सडक खण्डको चैनपुर(८ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

शनिबार साँझ चैनपुरदेखि खराङतर्फ जाँदै गरेको प्रदेश ०१–०२ ख ८२४९ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको को १५ प ९८३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चैनपुर नगरपालिका योजना शाखामा कार्यरत चैनपुर–७ का ४९ बर्षीय पदम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले जानकारी दिए।

प्रहरी निरिक्षक लामिछानेका अनुसार टिपरको ठक्करबाट गम्भीर हुनु भएका श्रेष्ठको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा साँझ ७ बजे मृत्यु भएको हो ।

टिपर चालक चैनपुर–१० खराङ बस्ने बस्ने ३४ कमानसिंह तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणका लिएको छ । मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार