शिकार खेल्दा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु

दार्चुला – दार्चुलामा भरुवा बन्दुकको गोली लागेर नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको मृत्यु भएको हो ।

आज नौगाड गाउँपालिका–१ लक्सेरीका ४५ वर्षीय जयसिंह डडालले मल्लासेली भन्ने वनमा शिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा धङ्केकाे टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

स्थानीयका अनुसार डडालले सोही वनमा पासा थापिरहेका थिए । गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार