अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी सुरुवात

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । आजदेखि सुरु भएको ४८औँ कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अल्भारेजले खेलको ४९औँ मिनेटमा र मार्टिनेजले खेलको ८८औ मिनेटमा गोल गरेका थिए ।

कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिनाले यो जितपछि समूह ए मा महत्त्वपूर्ण ३ अङ्क हासिल गरेको छ ।

अब अर्जेन्टिनाले अर्को खेल जुन २६ मा चिलीविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै क्यानडाले पनि जुन २६ मा पेरुविरुद्ध खेल्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार