करेन्ट लागेर दाइको मृत्यु, भाइ घाइते

सर्लाहीको बरहथवामा बिहीबार करेन्ट लागेर दाइको मृत्यु भएको छ भने भाइ घाइते भएका छन् ।

बरहथवा नगरपालिका–५, स्थित नेपाल टेलिकमको कार्यालयमा ट्रष्ट निर्माणको काममा खटिएका बरहथवा नगरपालिका–१०, बस्ने २१ वर्षीय आवोध ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।

ठाकुरलाई बरहथवामा सामान्य उपचारपश्चात् थप उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा मृतक आवोधका भाइ १९ वर्षीय आनन्द ठाकुर सामान्य घाइते भएका छन् । आनन्दको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार