साँखुबाट थलीतर्फ जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँको शंखरापुर नगरपालिका–६ मा बस ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

खुलालटारस्थित सडकमा साँखुबाट थलीतर्फ जाँदै गरेको बा ३ ख ९३५१ नम्बरको बसको ठक्करबाट अन्दाजी ४० वर्षीय लाक्पा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार