बागमती प्रदेशसभा : बजेट पुनःलेखनको माग गर्दै विपक्षीको नाराबाजी‚ बैठक अवरुद्ध

बागमती प्रदेश सरकारले ल्याएको आगामी आव ०८१/८२ को बजेट पुनःलेखनको माग गर्दै विपक्षी दलहरुले बैठक अवरुद्ध गरेका छन् ।

बिहीबार प्रदेश बैठकमा बजेट पुनःलेखनको माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गरेका हुन् । प्रदेश सरकारको आगामी आवको बजेट सन्तुलित नभएको र आय व्ययको विवरण नै नमिलेको भन्दै कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन् ।

संसद् बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट सिस्टमलाई नै उलङ्घन गरेर बजेट कार्यक्रम परक पर्ने गरी पुस्तिका ल्याएको भन्दै विरोध गरेका हुन् ।

उनीहरूले संसद् बैठकमा नाराबाजीसमेत गरेका छन् । प्रतिपक्षी दलका सांसदहरूको विरोधपश्चात् सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार