विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली, सन्दिप आएनन्

आईसीसी टी–२० विश्वकप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप सकेर बिहीबार बिहान टोली स्वदेश फर्किएको हो। हिजो राति र आज बिहान गरी दुईवटा समूहमा बाँडिएर टिम फर्किएको छ ।

कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह हिजो राति १० बजे विमानस्थलमा ओर्लिएको थियो । कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

स्पीनर सन्दीप लामिछाने भने आइपुगेका छैनन् । टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएको क्यान स्रोतले बताएको छ ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी अर्को रुटबाट आउनु परेको छ । उनी क्यानडाबाट आउने छ । दुई दिनपछि उनी आइपुग्ने बताइएको छ । विश्वकपमा नेपालले खेलेका ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

१४ वर्षपछि विश्वकप खेलेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको थियो।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।

नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार