न्युरोडलाई ‘नो भेहिकल जोन’ बनाउने महानगरको प्रस्तावविरुद्ध व्यवसायीहरूको प्रदर्शन

काठमाडौंको न्युरोड क्षेत्रलाई काठमाडौं महानगरपालिकाले सवारी निषेधित क्षेत्र बनाउन लागेको भन्दै त्यहाँका व्यवसायीहरू र स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरू ‘सवारी साधन विनाको न्यूरोड चाहिँदैन’, ‘आफू चिल्लो गाडी चढ्ने हामीलाई नो भेहिकल भन्ने ?’ लगायत विभिन्न नारा उल्लिखित प्लाकार्ड बोकेर सडक किनारमा उभिएका छन् ।

काठमाडौं महानगरपालिकाको जेठ ३२ गतेको बैठमा न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने प्रस्ताव पेस भएको थियो ।

सवारीसाधन निषेध गर्ने योजनालाई उनीहरुले षड्यन्त्र भनेका छन् ।

उनीहरुले ‘भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौँ’, ‘न्युरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो’, ‘सेभ न्युरोड’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार