दुग्ध किसानहरुको भुक्तानी तत्काल मिलाउन एमालेको माग

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले काठमाडौंमा आन्दोलन गर्ने भनेर आएका किसानहरूलाई प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गरे ।

उनले किसानहरुले दुधको मूल्य नपाउँदा पीडित बन्नुपरेको, बैंकको ऋण तिर्न नसकेको र उनीहरुको दैनिक जीवन नै प्रभावित हुने अवस्था आएको बताए । सरकारले तत्काल वार्ताको माध्यमबाट किसानहरुले पाउनुपर्ने वक्यौता भुक्तानी गर्ने वातावरण मिलाइनुपर्ने उनको माग छ ।

‘राज्यको तर्फबाट र राज्यले वातावरण बनादिएर निजी डेरीको तर्फबाट दुधको भुक्तानी बक्यौता अविलम्ब प्राप्त होस् । भुक्तानी गरियोस् । यसको लागि म जोडदार माग गर्न चाहन्छ । हामीलाई थाहा छ, यो आज भर्खरको समस्या होईन । यो ६÷७ महिनादेखि किसानहरुले दुधको भुक्तानी पाएका छैनन्,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार