न्युजिल्यान्डका कप्तानले छाडे जिम्मेवारी

आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि न्युजिल्यान्डका कप्तान केन विलियमसनले टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन् ।

विलियम्सले कप्तानी छाड्नुका साथै सेन्ट्रल कन्याट्रयाक्टमा समेत नरहने घोषणा गरेका हुन् ।

सन् २०१४ पछि न्युजिल्यान्ड पहिलो पटक सुपर ८ मा पुग्न सकेन । समूह सी मा रहेको न्युजिल्यान्ड तेस्रो स्थानमा रहँदै विश्वकपबाट बाहिरियो ।

यो समूहबाट वेष्ट इण्डिज अपराजित रहँदै शीर्ष र अफगानिस्तान दोस्रो स्थानमा रहेर सुपर ८ मा पुगे । युगान्डा चौथो र पिएजी पाचौँ स्थानमा रहेर विश्वकपबाट बाहिरिए ।

३३ वर्षीय विलियम्सले भविष्यमा केन्द्रीय सम्झौता स्वीकार गर्ने सम्भावना भने खुला रहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार