संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिए

संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत भेटिएका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत भेटिएका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले गोले घटनास्थलमै मृत भेटिएको जानकारी दिए । अधिकारीका अनुसार संसद भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए।

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका(४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार