मन्त्री गिरीसँग चिनियाँ न्यायाधीश गुइसियाङको शिष्टाचार भेट

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ सर्वोच्च जनता अदालतका कमिटी सदस्य तथा न्यायाधीश लिउ गुइसियाङले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको दुई पक्षीय भेटमा मन्त्री गिरीले नेपाल भ्रमण गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । नेपाल र चीनविच रहँदैआएको सदियौंदेखिको घनिष्ट सम्बन्ध कायम गरी नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको विश्वास दिलाए ।

चीनले नेपालको विकासमा गर्दै आएको योगदानप्रति मन्त्री गिरीले धन्यवाद ज्ञापन गरे । नेपाल र चीनबिच हुँदैआएको न्यायपालिका बिचको अनुभव आदान प्रदानलाई निरन्तरता दिनुपर्ने उनले बताए । कानुन र न्याय क्षेत्रमा समेत पारस्परिक सहयोग अभिबृद्धि हुने विश्वास मन्त्री गिरीले व्यक्त गरे ।

सो अवसरमा न्यायाधीश लिउ गुइसियाङले नेपाल र चीनविचको सम्बन्ध ऐतिहासिक र जनस्तरमा रहेको भन्दै आगामी दिनमा पनि त्यसलाई कायम गर्नुपर्ने बताए । आफूलगायत भ्रमण टोलीलाई नेपाल सरकारले गरेको स्वागतप्रति उनले खुशी व्यक्त गरेको मन्त्री गिरीका प्रेस संयोजक श्रीधर पौडेलले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार