महानगर घेराउ गर्न पुगेका कबाड व्यवसायी र प्रहरीबीच झडप (भिडियो)

कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै काठमाडौं प्लाजा कमलादी स्थीत महानगरपालीका घेराउन गर्न खोज्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको हो । महानगरपालिका घेराउ गर्न प्रहरी रोकेपछि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए ।

त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका कारण केहि प्रदर्शनकारी घाइते भएका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध विरोध र्यालीसहित प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारी महानगर घेराउन गर्न पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार