श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

राजपुर नगरपालिका- ५ मदनी चौक घर भएका ३४ वर्षीय मसुद आलम लहेरीले आफ्नो जेठी श्रीमती ३७ वर्षीया नजाबुन नेसालाई आफ्नै फुसको घरमा घाँटी थिची हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी एलिजा गिरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनले हत्या गरेको खुलेको हो । उनलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी गिरीले‍ बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार