रुसका राष्ट्रपति पुटिन २४ वर्षपछि उत्तर कोरियाली भ्रमणमा

रुसका राष्ट्रपति भ्लादीमीर पुटिन दुई दसकपछि उत्तर कोरियाको भ्रमणमा जाने भएका छन् । उनी २४ वर्षपछि मंगलबार उत्तर कोरियाको दुई दिने भ्रमणमा जान लागेका हुन् ।

यसअघि पुटिनले सन् २००४ मा उत्तर कोरियाको भ्रमण गरेका थिए। त्यतिबेला उत्तर कोरियाली नेता किम जोन इल थिए। किम जोन इल किम जोन उनका बुबा थिए ।

युक्रेनमाथि आक्रमण गरेयता पुटिन वैदेशिक भ्रमणमा गएका थिएनन्। त्यसयता उनले पहिलोपटक आफ्ना मित्र किम जोन उनलाई भेट्न उत्तर कोरिया जान लागेका हुन् । उनीहरूबीच आणविक हतियारका विषयमा महत्वपूर्ण सम्झौता हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पुटिनको यो भ्रमणलाई अन्तर्राष्ट्रिय निकायहरूले चासोका साथ हेरिरहेका छन् । अमेरिका र दक्षिण कोरियाले त पुटिन र किम जोन उनबीच सैन्य सहकार्यका विषयमा समझदारी हुनसक्ने अनुमान गरेका छन् । दक्षिण कोरियाले त पुटिनलाई निश्चित सीमा पार नगर्न चेतावनी दिइसकेको छ ।

यसका अलवा रुसमा थप उत्तर कोरियाली कामदारहरू लैजाने विषयमा पनि पुटिन किम जोन उनबीच छलफल हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार