काम गर्न खेतमा गएका ६२ वर्षीय वृद्धको पाखामा शव भेटियो

गुल्मीको इश्माका एक वृद्धको काम गर्न खेतमा गएको बेला मृत्यु भएको छ ।

असार ३२ गते नै काम गर्न खेतमा गएका इश्मा गाउँपालिका १ का ६२ वर्षीय ठगबहादुर रानाको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव मुसिकोट नगरपालिका-२ टारीडाँडास्थित खेत भन्दा केही परको पाखामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जेठ ३२ गते बिहान खाना खाएपछि खेतमा जान्छु भन्दै हिँडेका राना घरमा नर्फिएपछि आफन्तले खोजी सुरु गरेका थिए ।

उनको मृत्युको कारण खुलेको छैन । प्रहरीले गुल्मी अस्पतालमा शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार