सय रुपैयाँमै कुमारी बैंकको सेयर, थपियो आवेदनको समय

कुमारी बैंकले बिक्रीमा राखेको संस्थापक समूहको सेयर खरिदको लागि आवेदन दिने समय ११ गतेसम्म थप गरेको छ ।

एक सूचना जारी गर्दै बिक्री प्रबन्धक कुमारी क्यापिटलले यही असार ११ गतेसम्म इच्छुक खरिदकर्तालाई गोप्य सिलबन्दी आवेदन पेस गर्न भनेको हो। यसअघि आजसम्मको म्याद थियो ।

बैंकको संस्थापक समूहको ५ लाख ८१ हजार २ सय ५१ कित्ता सेयर बिक्रीमा राखिएको छ । यसको न्यूनतम मूल्य प्रतिकित्ता सय रुपैयाँ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार