वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन खोप दिन सुरू

सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई प्राथमिकतामा राखेर गन्तव्य देशले मान्यता दिएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप दिन सुरु गरेको छ ।

श्रम गन्तव्य देशले कोरोनाविरुद्धको खोपलाई अनिवार्य गरेपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्राथमिकताका आधारमा काठमाडौँ बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रबाट खोप दिन सुरु गरेको हो ।

एक पटक मात्रै लगाए पुग्ने अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप धेरै रोजगारदाता देशले मान्यता दिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी कम्पनीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई अनुरोध गरेका थिए ।

अधिकांश देशले अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एन्ड जोन्सन खोपलाई मान्यता दिएको र विदेशीले श्रमिकले एक पटक लगाए मात्र हुने भएपछि सोमबारदेखि गङ्गालाल अस्पतालमा भिसा आएर रोजगारीमा जाने अन्तिम तयारी गरेका श्रमिकलाई प्राथमिकताका आधारमा खोप दिन थालेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार