अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका श्रीमान राज कुन्द्रा पक्राउ

अश्लिल फिल्म बनाएको आरोपमा बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा पक्राउ परेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार राजलाई सोमबार राति मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको छ । प्रहरीका अनुसार राजविरुद्ध प्रहरीसँग बलियो प्रमाण छ ।

यसै वर्ष फेब्रुअरीमा उनीविरुद्ध अश्लिल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा मुख्य आरोपीको रुपमा राज पक्राउ परेका हुन् ।

हटसट नामको एक एपमा अश्लिल फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यो मामिलामा अन्य ४ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । प्रहरीले राजविरुद्ध आरोपीहरुको बयानमात्र नभएर टेक्निलक प्रमााणसमेत भएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार