शनिबारदेखि सुरु भएको युरो २०२४ डिसहोमको एचडी क्वालिटीमा हेर्न सकिने

युरो २०२४ शनिबारदेखि सुरु भएको छ । शनिबार पौने १ बजे जर्मनी र स्कटल्याण्डको खेलसँगै युरो २०२४ को सुरुआत भएको हो । युरोपका २४ टिमको सहभागिता रहने प्रतियोगिताका खेलहरू डिसहोमको एचडी क्वालिटीमा प्रसारण भइरहेका छन् ।

साथै, यसको प्रत्यक्ष प्रसारण सोनी नेटवर्कमार्फत भइरहेको छ। जुलाई १४ तारिखसम्म चल्ने युरोमा ६ समूह बनाइएको छ। समूह ‘ए’ मा जर्मनी, स्कटल्यान्डसँगै हङ्गेरी र स्विटजरल्यान्ड छन्। समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन्।

समूह ‘सी’ मा स्लोभानिया, डेनमार्क, सर्बिया र इङ्गल्यान्ड छन् । समूह ‘डी’मा नेदरल्यान्ड, अस्ट्रिया, फ्रान्स र पोल्यान्डलाई राखिएको छ। त्यस्तै, समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन छन् भने समूह ‘एफ’मा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार