माओवादीको कारबाहीमा परेका गण्डकीका मन्त्री देवकोटा पदमुक्त

गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् ।

नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए ।

कारबाही गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाबाट पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका हुन् ।

 यसअघि माओवादीले देवकोटालाई स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाएको थियो । 

फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार