सात एसपीको पदस्थापना र काज सरुवा

प्रहरी प्रधान कार्यालयले सातजना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापना तथा काज सरुवा गरेको छ ।

बिहीबार ९जेठ ३१ गते० सूचना प्रकाशित गरी प्रधान कार्यालयले तीन एसपीको काज सरुवा तथा चार जनालाई पदस्थापन गरेको हो ।

काजीकुमार गुरुङलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी, हरिहरनाथ योगीलाई मधेश प्रहरी गण जनकपुरधाम र ज्ञानेन्द्र प्रसाद फुयाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरो मानव बेचबिखन अनुसन्धान शाखामा जिम्मेवारी दिइएको छ ।

यस्तै, हालै बढुवा भएका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीलाई अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन शाखा महाराजगञ्ज, नारायण रञ्जितकारलाई नेपाल प्रहरी विद्यालय साँगा काभ्रेपलाञ्चोक, अनन्तराम शर्मालाई राष्ट्रिय सुरक्षा परिषद सिंहदरबार र एकनारायण कोइरालालाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्य परिचालन शाखा सामाखुशीको जिम्मेवारी दिइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार