कुवेतको श्रमिक क्याम्पमा भएको आगलागीमा तीन नेपाली घाइते

कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा आगलागी हुँदा तीन जना नेपाली घाइते भएका छन् ।

सो क्याम्पमा पाँच जना नेपाली रहेकोमा तीन जना सामान्य घाइते भएको र दुई जना सुरक्षित रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले घाइते भएका नेपाली श्रमिकको विषयमा जानकारी लिएका छन् । नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको विषयमा जानकारी लिएका हुन् ।

बुधबार विहान कुवेतमा आप्रवसाी श्रमिकहरु बस्ने क्याम्पमा आगलागी भएको थियो ।

आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भइरहेको छ ।

उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ । दिनेश कुमार मण्डल भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भइसकेको दूतावासले जनाएको छ ।

त्यस्तै, जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको कम्पनीले जानकारी दिएको दूतावासको भनाई छ ।

आगलागीको घटनामा परेर हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ । उक्त आवासगृहमा रहेका मानिसहरूमा प्रायः सबैजसो आप्रवासी कामदार थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार