आज मिति २०८१ साल जेठ १४ गते, सोमबार, यस्तो छ तपाईको राशिफल

२०८१ जेठ १४ गते, सोमबार २७ मे २०२४। ज्येष्ठ कृष्णपक्ष चतुर्थी तिथि, १६ः२७ बजेपछि पञ्चमी। पूर्वाषाढा नक्षत्र, १०ः३६ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १६ः२७ बजेपछि मकर।

मेष : आजको दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला। अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ। साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ।

वृष : अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिकाे उपयाेगले लक्ष्य पहिल्याउन सकिनेछ। साँझदेखि स्थिति अनुकूल बन्दै जानेछ। 

मिथुन : प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलाे रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजाेर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ।

कर्कट : झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। काम गर्दा सचेत बन्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ। साथीभाइ र बन्धुले शंका गर्ने दिन छ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ। 

सिंह : रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। 

कन्या : आफैंले गरेको काम प्रमाणित गर्नुपर्ने बाध्यता हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। सहयोगीहरूले साथ दिए पनि प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। 

तुला : दिन राम्रो छ। आफन्तले सहयोग गर्नेछन्। शिक्षाको लगानीबाट उन्नति हुनेछ। एकल निर्णयले व्यापारमा घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार गर्दा सचेत हुनु राम्रो हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। अवसरले उत्साह जगाउनेछ। साँझतिर केही घरायसी समस्याले पिरोल्न सक्छ।

वृश्चिक : धनलक्ष्मी योग छ। लामो समयदेखि फसेको धन प्राप्त हुनेछ। लगानीको क्षेत्रमा तपाईंको उचित मूल्यांकन हुनेछ। प्रतिस्पर्धी सक्रिय भएको कुरालाई ख्याल गर्नुपर्छ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।  प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला।

मकर : संघर्ष गर्नुपर्ने दिन छ। अरुको कुरा सुन्दा घाटा हुनेछ। तपाईंको लगानी फस्ने जोखिम भएकाले सोचेर काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

कुम्भ : शनिदेवको छाया योग छ। अपेक्षा गरेको व्यक्ति वा संस्थाले धोका दिने जोखिम देखिन्छ। परिवारको साथमा अगाडि बढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा मन दिनु फाइदाजनक हुनेछ।

मीन : खर्च बढ्ने दिन छ। कतै लगानी गर्नुपर्ने भए परिवारमार्फत् जानु राम्रो हुन्छ। लगानी गर्नुभयो भने विवाद बढ्नेछ। दिन संकटपूर्ण भए पनि परिवारको सथा मिल्नेछ। गुरुको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार