प्रशिक्षक इन्द्रकुमारीलाई कोरोना भएपछि सन्तोष टोकियो जाने

जापानमा आयोजना हुने ३२औँ ग्रिष्मकालीन ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सन्तोष श्रेष्ठ टोकियो जाने पक्का भएको छ ।

जापान प्रस्थान गर्नुअघि गरिएको कोराना परीक्षणमा प्रशिक्षक मल्ललाई कोरोना पोजेटिभ देखिएको हो । उनी ओलम्पिक खेल्ने एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षक थिए । नेपालका तर्फबाट एथलेटिक्समा प्रशिक्षकका रुपमा मल्ल सहभागी हुने निर्णय भएअनुसार उनको सहभागिताका लागि आवश्यक तयारीको सिलसिलामा कोभिड–१९ को पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीको कोभिडसम्बन्धी नियमानुसार कोरोना पुष्टि भइसकेपछि सहभागी गराउन नमिल्ने भएकाले उनको स्थानमा पहिलेको सूचीमा एक्रिडेशन कार्ड भइसकेका प्रशिक्षक श्रेष्ठ जाने नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।

एथलेटिक्स टोली यही जुलाई २५ तारिखमा टोकियो जाने तालिका छ । चौधरीले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने बताइएको छ । ओलम्पिक यही जुलाई २३ देखि अगस्त ८ तारिखसम्म हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार