शनिबार थप ८५ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

नेपालमा शनिबार थप ८५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ । त्यस्तै नेपालमा थप ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म तीन हजार २७ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ९३ जना निको हुँदा हालसम्म २ लाख ७२ हजार ४३५ जना निको भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १२ सय ८८ जना आइशोलेशनमा र ५९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ५९ हजार ४५ वटा नमुनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार