बलिउड नायिका सुरेखा सिखरीको निधन

बलिउड नायिका सुरेखा सिकरीको ७५ वर्षको उमेरमा निधन भएको छ । ५० वर्षसम्म अभिनयमा सक्रिय सुरेखा ‘बालिका बधु’ मा कल्याणीदेवीको भुमिका निर्वाह गरेपछि चर्चामा आएकी थिइन् ।

उक्त सिरियललाई नेपालीमा डब गरेर ‘आनन्दी’ नाममा डिसहोमले पनि प्रशारण गरेको छ । आनन्दी नेपाली दर्शकका बिचमा निकै लोकप्रिय छ । बलिउडमा पनि ‘बालिका बधु’ प्रशारण भएपछि सुरेखा आम गृहणीको मन मष्तिष्कमा बस्न पुगेकी थिइन् । त्यसपछि उनको चर्चा घरघरमा हुन थालेको भारतिय मिडियाले उल्लेख गरेको छ ।

उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । सन १९७८ मा बनेको हिन्दी चलचित्र ‘किस्सा कुर्सी’ बाट उनको करिअर सुरु भएको थियो । यसपछि उनले तमस, सलीम लंगडे पे मत रो, सरदारी बेगम, सरफरोश, मम्मो हरी–भरी, जुबैदा, मिस्टर एण्ड मिसेज अ‍ैयर, रेनकोटलगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

टेलिश्रृङ्खलामा बालिका बधुको अतिरिक्त एक था राजा एक था रानी, परदेश मे है मेरा दिल, सात फेरे, बनेगी अपनी बातलगायतमा अभिनय गरेकी छन् । उनले तीन पटक नेशनल अवार्ड पाउन सफल भएकी थिइन । सन १९८८ मा ‘तमस’बाट नेशलन अवार्ड पाएकी थिइन् भने १९९५ मा ‘मम्मो’ बाट सहायक कलाकारको रुपमा अवार्ड पाएकी थिइन् । त्यस्तै सन २०१८ मा बधाई होबाट अवार्ड पाएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार