झापामा ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु, दुई घाइते

झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्वरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो एकापसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिब ४० वर्षीय डम्बरबहादुर लिम्वूको मृत्यु भएको प्रहरीले जनाएको छ । छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ट्याम्पो चालक भद्रपुर-१ निवासी ४२ वर्षीय वीरबहादुर लिम्बु र ट्याम्पोमा सवार सोही ठाउँका ३२ वर्षीय नर बहादुर लिम्बुको ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको छ । चालक वीरबहादुरको टाउको र खट्टामा चोट लागेको छ, भने नरबहादुरको शरीरका विभिन्न स्थानमा चोट लागेको डिएसपी थापाले बताए । ट्याक्टर र ट्याक्टर चालक कचनकवल गाउँपालिका ३ निवासी ३३ वर्षीय सागर सिंह राजवंशीलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार