पलको ‘फूलकुमारी’ बनिन् समाचार वाचिका श्री पाण्डे

पल शाह र समाचार वाचिका श्री पाण्डे अभिनित नयाँ म्युजिक भिडियो ‘फूलकुमारी’ सार्वजनिक भएको छ । डा.प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा श्री पाण्डे र पलको रोमान्स सुहाउँदो रहेको छ ।

गीतको भिडियोमा काठमाडौं उपत्यका छायाँकन गरिएको हो । उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको भिडियो सरिन पोखरेलले निर्देशन गरेका हुन्  । १७ वर्षदेखि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय म्युजिक कम्पनी एसियन म्युजिक कम्पनीले भिडियोको  बजार व्यवस्थापनको जिम्मा लिएको छ  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार