काठमाडौंमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित

काठमाडौं जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार दिउँसो एक सूचना जारी गर्दै मौजुदा खोप सकिएकोले भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असार २८ गतेको निर्णय र जिल्ला खोप तथा अनुगमन समितिको असार २९ गतेको निर्णय अनुसार कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान असार २९ देखि साउन २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको थियो ।

जनस्वास्थ्य प्रशासकका प्रमुख बद्रीबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान मिति २०७८/०३/२९ गतेदेखि मिति २०७८/०४/०२ गतेसम्‍म सञ्‍चालन गर्ने भनिएकोमा स्वास्थ्य कार्यालय, काठमाडौंमा हाल मौजुदा रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा अब अर्को सूचना नभएसम्‍मको लागि मिति २०७८/०४/०२ गतेको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको व्‍यहोरा सबैको जानकारीको लागि हार्दिक अनुरोध गर्दछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार