बानेश्वरमा एमाले संसदीय दलको बैठक, नेपाल पक्षका सांसद उपस्थित भएनन्

नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भने उपस्थित भएका छैनन् ।

अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए । नेपाल पक्षीय सांसदहरू कोरोना परिक्षणका लागि संसद भवनमा गएका थिए तर उनीहरू बैठकमा सहभागी भएनन् ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका उपाध्यक्ष वामदेव गौतम बैठक सुरू हुनै लाग्दै संसद भवनबाट बाहिरिएका थिए । सत्तबाट ओली बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार