महान्यायाधिवक्ता खातीले लिए सपथ, राष्ट्रपति भण्डारी अनुपस्थिति

नवनियुक्त महान्यायाधीवक्ता खम्बबहादुर खातीले सपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रमबीच शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले खातीलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थिति भइनन् । नेपालमा महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको सपथ गराउने अभ्यास छ । तर, यसपटक भने राष्ट्रपतिले उक्त अभ्यास तोडेकी हुन् । यसअघिका महान्यायाधीवक्तालाई राष्ट्रपतिको उपस्थितिमा उनकै कार्यालयमा प्रधानन्यायाधीशले शपथ गराएका भएपनि यसपटक राष्ट्रपतिले आफ्नो कार्यालयमा शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ कार्यक्रम भएको हो ।

सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर शपथमा भने उनी उपस्थित हुन नमानेकी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार