प्रतिनिधि सभाको बैठकअघि सांसदहरुले कोरोना परीक्षण गराएका छन् । संसद सचिवालयसँगको समन्वयमा स्वास्थ्य सेवा विभागले सांसदहरुको कोरोना परीक्षण गराएका हुन् ।
यही साउन ३ गते संसदको अधिवेशन बोलाइएको छ । संसद सचिवालयमा कार्यरत डाक्टर पुष्प रिजालले सबै सांसदलाई खोप दिइएकाले एन्टिजेन परीक्षण गरेको बताए ।
विगतमा सांसदहरुको पिसिआरमार्फत् कोरोना जाँच गरिदैँ आएकोमा यसपटक एन्टिजेन परीक्षण गर्न लागिएको हो । संसद भवन बानेश्वरमा बिहान १० बजेदेखि सांसदहरुको स्वाब संकलन भइरहेको हो । सांसदहरुलाई बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म संसद भवनमा आउन सचिवालयले खबर गरेको थियो ।