ओली बैठक रोक्न तयार नभएपछि बाहिरिए नेपाल पक्षका कार्यदल सदस्यहरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् ।

ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै वरिष्ठ नेता माधव कुमार नेपाल समूहका कार्यदल सदस्यहरु बैठकस्थल पुगेका थिए । तर ओलीले नरोक्ने भन्दै बैठकलाई निरन्तरता दिएपछि उनीहरू फर्किएका हुन् ।

पार्टीका उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए । बैठकमा उपस्थितिको हस्ताक्षर गर्न भनिए पनि आफूहरूले हस्ताक्षर नगरेको उनीहरूले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार