नेपाल समूहका कार्यदल सदस्यहरु बैठक रोक्न माग गर्दै बैठकस्थलमा

नेकपा एमालेको माधवकुमार नेपाल समूहका कार्यदल सदस्यहरु पार्टी स्थायी कमिटी बैठक रोक्न माग गर्दै बैठकस्थलमा पुगेका छन् ।

च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी बैठकमा पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु पुगेका हुन् ।

उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका हुन् । उनीहरूले आफूहरू बैठकमा सहभागी हुन नभई बैठक रोक्न माग गर्दै आएको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार