सरकारले भूमिहीन दलित, भूमिहीन सकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउनको लागि ३५ दिनभित्रमा नाम दर्ता गर्न आग्रह गरेको छ ।
शुक्रबार भूमिसम्बन्धी समस्या समाधान आयोगले एक सूचना जारी गरी नाम दर्ता गराउन आग्रह गरेको हो । आयोगका अनुसार स्थानीय तह मार्फत घरदैलोमा लगत संकलन व्यक्ति खटिनेछन् ।
त्यसबेला सम्बन्धित वडा कार्यालयमा फाराममा उल्लेखित विवरणलाई पुस्ट्याई गर्ने प्रमाणपत्र कागजात पेश गरी नाम भर्न सकिनेछ ।