कर्णालीमा बजेट अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पेश

कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८–७९ को लागि कर्णाली प्रदेश सरकारले असार १ गते संसदमा बजेट प्रस्तुत गरेको थियो । नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेका कारण प्रदेश सरकारले प्रदेशसभाबाट बजेट पारित गर्न सकेको थिएन । साथै बुधबार प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार