राष्ट्रपतिद्वारा साउन ३ गते दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गते संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । बिहीबार दिउँसो मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार