नेपाल टेलिकमको कुनै पनि डाटा चोरी नभएको दाबी

नेपाल टेलिकमले आफ्ना कुनै पनि डाटा चोरी नभएको दाबी गरेको छ । कम्पनीका प्रवक्ता राजेश जोशीले एक विज्ञप्ती जारी गर्दै टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र डाटा चोरी भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । गत असार २७ गते विभिन्न सञ्चार माध्यममा टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरि डाटा चोरिएको भनि समाचारहरु प्रकाशित भएका थिए ।

सोही अनुसार कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो । टेलिकमले कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालेको छ । यस्तै ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको टेलिकमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार