विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई थुना मुक्त गर्न आदेश गरेको हो ।

नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेसँगै उनी लामो सयमदेखि नख्खु कारागारमा थिए ।

सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर गरेको छ । प्रहरीले ०७५ चैत ९ उनलाई काभ्रेबाट पक्राउ गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार