सत्तारुढ संसदहरु नै बैठकबाट बाहिरिएपछि लुम्बिनीको प्रदेश सभा बैठक स्थगित

मुख्यमन्त्री र सत्तापक्षका सांसदहरू नै बैठकबाट बाहिरिएपछि लुम्बिनी प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ । सत्तारुढ नेकपा एमालेका सांसदहरु मुख्यमन्त्रीसहित बैठक छाडेर हिँडेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रदेश सभाको कार्यसूची अनुसार बिहीबार प्रदेश सभामा बजेट निर्णयार्थ पेस गर्ने कार्यसूची थियो । तर बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सबै मन्त्री तथा सत्तापक्षका सांसदहरू बैठकबाट बाहिरिएपछि छलफलका लागि भन्दै सभामुख पूर्णबहादुर घर्तीले आधा घन्टा बैठक स्थगित गरेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार