थप २ हजार ६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

नेपालमा बिहीबार थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार २५६ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ७८२ र ४ हजार ५१२ एन्टीजेन परिक्षणका क्रममा ८९४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३३ कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ४६३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७५७ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २६ हजार ४६८ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ३४ लाख ४६ हजार ५८६ वटा पिसिआर र २ लाख ५२ हजार ५४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार