ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्षकालाई पनि सूचना

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

एमाले मुख्यालयका सचिव शेरबहादुर तामाङका अनुसार शुक्रबार दिउँसो तीन बजेका लागि बैठक बोलाइएको हो । तामाङले बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिए । बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ जनालाई पनि सूचना पठाइएको छ ।

नेपाल पक्षका २६ सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए ।

सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार