माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विप्लव

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल  र  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबिच भेटवार्ता भएको छ । नेपाललाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलासहित कोटेश्वरस्थित उनकै निवासमा पुगेका हुन् । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक नेपाललाई भेटेका हुन् । उनीहरूबिचको कुराकानीबारे केही खुलाइएको छैन ।
केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई ओली सरकारले नै शान्तिपूर्ण राजनीतिमा ल्याएको हो । तर, ओलीले सम्झौता कार्यान्वयन नगरेको भन्दै विप्लवले आपत्ति जनाउँदै आएका छन् ।
ओलीसँग विप्लव समूहले आफ्ना नेता कार्यकर्तामा लागेको मुद्दा फिर्ता र बन्दी रिहाइलगायत तीन बुँदे माग राखेको थियो । सोही अनुसार तीन बुँदे सहमति भए पनि कार्यान्वयन नभएको भन्दै विप्लवले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार